पौष १४ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुुने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ तिब्र गतिमा चल्ने सवारी साधनका कारण हुने सडक दुर्घटनाबाट जोगाउन जनचेतना चलाउने उद्धेश्यले चौथो स्लो वाईक प्रतियोगिता नेपालगन्जमा हुने भएको छ ।

बास नेपालको आयोजनामा सो प्रतियोगिता पौष १४ गते हुने भएको छ ।

तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियमको पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले क्यिध द्यष्पभ ऋयmउभतष्तष्यल गर्न थालिएको हो । आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुँजसो दूर्घटनाका घटना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण हुने विश्वास लिईएको छ ।

नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्फत समेत फर्म भर्न सक्ने ब्यवस्था गरिएको छ भने बास केन्द्रीय कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा समेत नाम दर्ता गर्न सक्ने ब्यवस्था गरिएको छ ।

२०७७ साल देखि शुरु भएको प्रतियोगितामा यस बर्ष पुरुष र महिलाहरुको छुट्टा, छुट्टै प्रतियोगिता हुने भएको छ ।

दुबै तर्फको प्रतियोगितामा बिजयी हुने सहभागिहरुलाई नगद सहित प्रमाणपत्रको ब्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुने बिजेताहरुलार्ई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा मोटरसाईकल र स्कुटर जुनसुकै साधनको पनि प्रयोग गर्न सकिने छ भने प्रतियोगिसँग लाईसेन्स र प्रयोग गर्ने मोटरसाईकल राम्रो अवस्थाको हुनुपर्नेछ ।

 

  • १२ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech