माईकिंग सुनेपछि ४४ बर्षिया ललिले लगाईन खोप

असल शासन प्रतिनिधि

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाकी ललि कामीले माईकिं बाट खोप लगाउने बारे सुचना सुनेपछि टाईफाईड बिरुद्धको खोप लगाएकी छिन् ।
दादुरा रुबेला तथा टाइफाइड विरुद्धको टिसीभी खोप लगाउन आम नागरिकहरुलाई अनुरोध गर्दै माईकिंग गरेको सुनेकी ४४ बर्षिया ललि कामीले आज नगर अस्पतालमा पुगेर खोप लगाएको बताईन । यस्तै सोही पालिकाका २९ बर्षिय तत्व बहादुर बिकले पनि माईकिंग मार्फत सुचना सुनेपछि तत्काल नगर अस्पताल पुगेर खोप लगाएको बताए छन् । उहाँहरु जस्तै माईकिग मार्फत सुचना थाहा पाएपछि १७१ जनाले खोप लगाएको बताईएको छ ।


नियमित खोप सञ्चालन भईरहको अवस्थामा सबै स्थानीय नआएपछि सबैलाई जानकारी गराउन र सबैलाई खोप लगाउन माईकिंग गरिएको थियो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकामा सञ्चालीत दादुरा रुबेला तथा टाइफाइड विरुद्धको टिसीभी खोप लगाउन कोही पनि नछुटुन भन्ने उद्धेश्यले युवा स्वयम् सेवकहरुले माईकिंग तथा घरदैलो गरी सन्देस प्रवाह गरेका थिए ।


युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रम अन्तरगत स्थानीय पालिका अन्तरगत स्वास्थ्य शाखाको समन्वय तथा सहकार्यमा युवा स्वयम् सेवक परिचालन गरि समुदाय र घरघरमा खोप बारे जानकारी गराउन थालीएको हो । माईकिंग मार्फत खोप का बारेमा जानकारी गराउने गरीएको छ भने खोप केन्द्रसम्म जान नसक्ने ब्यक्तिहरुलाई खोप केन्द्रसम्म पुर्याउन आवस्यक सहयोग गर्ने गरिएको छ ।
आज आठबिसकोट नगरपालिकामा सुनिल बिक र सत्य बहादुर बटाला, सानीभेरी गाउँपालिकामा टंक प्रसाद देवकोटा र कमला देबकोटा तथा जाजरकोटको भेरी नगरपालिकामा बिराज खत्री र प्रकाश रोकायाले पालिकाका विभिन्न टोलहरुमा पुगेर माईकिंग गर्दै स्थानीयहरुलाई खोप लगाउन अनुरोध गरेका थिए । भने अन्य स्वयम् सेवकहरुले सञ्चालीत खोप केन्द्रहरुमा सहयोग गरेका थिए ।
खोप केन्द्र र खोपका बारेमा जानकारीको अभावमा रहेका ब्यक्तिहरुलाई माईकिंग तथा स्वयम् सेवकहरुको घरदैलोले खोप लगाउन सहयोग गरेको स्थानीयहरुले बताएका छन् ।

  • १२ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech