मन्त्री ज्वालाको गाडीमा आगो

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ रोजगार अनुमति प्रणाली पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका छन् ।

ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा आन्दोलित भएका उनीहरूले मन्त्री सवार गाडी ललितपुरको ग्वार्कोमा जलाएका हुन्

ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन ज्वाला सवार बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् ।

कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्को स्थित ईपीएसको शाखा केन्द्रित आन्दोलन गररिरहेका छन् । ती युवाहरूका कारण ग्वार्को क्षेत्र तनावग्रस्त छ।

  • १३ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech