२५ बर्ष देखि कव्जामा रहेको भवन कब्जामुक्त

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ २५ बर्ष अघि देखि अनाधिकृत तवरले कब्जा भएको पशु क्वारेन्टाइनको पक्की भवन खाली भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको सात दिने अल्टिमेटमको समय नपुग्दै अनाधिकृत रुपमा बसिरहेका गैर नेपालीहरु त्यहाँबाट हटेपछी उक्त भवन खाली भएको हो ।

पशु क्वारेन्टाईन कार्यालय बाँकेको स्वामित्वमा रहेको उक्त होल्डिङ सेन्टरमा लामो समय देखि कव्जामा थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले ७ दिन भित्र भवन खाली गर्न अल्टिमेटम दिदैं सूचना टाँस गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ पिप्रहवामा रहेको एक तले भवनमा अवैध रुपमा लामो समय देखि गैर नेपाली परिवार बस्दै आएका थिए ।

उक्त व्यहोरा उल्लेख गर्दै २०७८ फाल्गुण २६ गते बाँके प्रशासनमा लिखित गुनासो दर्ता भएपनि उक्त गुनासोको सुनुवाई भएको थिएन ।

निर्धारित ७ दिने म्याद सकिनु भन्दा १ दिन अघि नै शान्त वातावरणमा भवन फिर्ता भएको उल्लेख बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बांके प्रशासनको प्रयासलाई समर्थन सहित ऐक्यबद्धता जनाउनुहुने सवै बांकेवासी नागरिक प्रती आभार प्रकट गरेका छन् ।

२५ बर्ष देखि गुमाएको भवन प्राप्त भएकोमा मुस्कुराउँदै पशु क्वारेन्टाइनका चिकित्सक लोटन राम चौधरीले उक्त भवनको सुरक्षाका लागि ताला लगाएका छन् ।

  • १३ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech