जानकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम

असल शासन प्रतिनिधि

बाँके/ जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार संचालन तथा व्यवस्थापकीय आयाम बिषयक एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

जानकी गाउँपालिका बाँकेको आयोजना, बास नेपालको सहजिकरण र सिआईजिपिको सहकार्यमा सो तालिम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष छव्वन खाँको अध्यक्षतामा सम्पन्न सो तालिममा स्वागत मन्तव्य बास नेपालका निबर्तमान अध्यक्ष तथा तालिम बिभाग प्रमुख रमेश सिटौलाले स्वागत गरेका थिए ।

बास नेपालका उपाध्यक्ष शिव कुमार बर्माले सञ्चालन गरेको तालिमको राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले उद्घाटन गरेका थिए । पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु गरि ६२ जनाकोे सहभागिता रहेको सो तालिममा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले स्थानीय सरकार संचालन तथा व्यवस्थापकीय आयामका बारेमा प्रशिक्षण दिएका थिए ।

तालिम समापनमा बोल्दै जानकी गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष टिकानाथ यादवले तालिम प्रभावकारी रहेको बताउँदै तालिमबाट जिवनोपयोगी सिप सिकेको बताए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले तालिमको समापन गरेका थिए । तालिमा बास नेपालका अध्यक्ष लुना बुढाथोकी, कार्यकारी निर्देशक नमस्कार शाह, गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव लगायतको उपस्थिती रहेको थियो ।

 

  • १५ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech