नौबस्ता बालगृहमा झडप

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको नौबस्ता स्थित बाल सुधार गृहमा झडप भएको छ।

झडपमा परेर एक जना गम्भीर घाइते भएका छन् भने सरकारी गाडी तोडफोड गरिएको छ।

पौष १५ गते आइतबार दिउँसो बाल सुधार गृहमा झडप भएको बताईएको छ ।

आपसमा भएको झडपमा असिम रावल घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासनको गाडी तोडफोड भएको बताइएको छ।

झडपका क्रममा आधा दर्जन बन्दी भागेको आँकलन गरिएको छ ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बालबन्दीका बीचमा झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

बाल सुधार गृह वरिपरि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

नौबस्ता बाल सुधार गृहमा एक सय १६ जना बालबन्दी रहेका छन्।

  • १५ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech