नयाँ बर्षको दिन कारकाँदौमा भयानक दुर्घटना

दुर्घटनामा गयो दुईको ज्यान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्जको रामबाग बस्दै आएकी २४ बर्षिय आस्था शाहको निधन भएको छ ।

नेपालगञ्ज–१८ कारकांदो सिक्टा कार्यालय नजिकै सुर्खेत रोडको किनारामा भएको सडक दुर्घटनामा शाहको निधन भएको हो ।

सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियोले पैदल हिंडिरहेका शाह लगायतलाई ठक्कर दिएको थियो ।

आस्था शाह उनकी साथी शाहना शाहसँगै नयाँ बर्षको कार्यक्रम पछी घर तर्फ फर्किने क्रममा स्कारिपियोले ठक्कर दिएको थियो ।

उक्त घटनामा घाईते भएका आस्था, शाहना र अर्का एक जना पुरुष गम्भीर घाईते भई अयपचारको लागी नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो ।

आस्था र अर्का एक जना सनाखत हुन नसकेका पुरुषको उपचारकै क्रममा मृत्यू भएको छ भने शाहनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता नारायण डांगीले बताए ।

न्यू इयर इभ अर्थात नर्या बर्ष २०२४को स्वागत तथा २०२३ को बिदाई गर्ने गरि नेपालगञ्जका केही होटेलहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखेकाले आस्था शाह पनि आईतबार सांझ भृकुटीनगर घर भएकी २५ बर्षिय शाहना शाहसँगै कारकादो स्थित एक होटेलमा आयोजित कार्यक्रममा सहभागि हुन गएकि थिईन् ।

भारतको मुम्बईमा बसेर अध्ययन गरिरहेकी आस्था केही महिना पहिले नेपालगञ्ज स्थित सोल्टी होटेलमा कामको शिलशिलामा आएकि थिईन् । सोल्टीमा काम गर्ने क्रममा अमेरीका बस्दै आएका एकजना नेपालगञ्जका शाह बंशिय युवकले आस्था शाहसंग बिवाहको पस्ताव गरेपछी केही महिना पहिल्ये दुबै जनाको मगनी भएको थियो ।

आस्था बिवाह प्रक्रिया अमेरिकामा गर्ने गरि दुबैको बिवाह गरेको कागजात तयार गरेर आफनो हुनेवाला श्रीमानसँगै बस्ने गरि आस्था अमेरीका उड्ने अन्तीम तयारीमा थिईन् ।

 

  • १६ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech