बाजुराको बडिमालिकामा बासको उपशाखा

असल शासन प्रतिनिधि

बाजुरा /  बास नेपालले बाजुराको बडिमालिका नगरपालिकामा उपशाखा गठन गरेकोे छ ।

टोपी दिवसको अबसर पारेर बास नेपाल जिल्ला शाखा बाजुराले आज एक कार्यक्रम बिच उपशाखा गठन गरेको हो ।

बास नेपाल बाजुरा शाखा अध्यक्ष सरिता थापाको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बडिमालिका नगर पालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा प्रमुख अतिथि रहेका थिए । बिशिस्ट अतिथि वडा सदस्य करे रावल, अतिथिहरु बास नेपाल जिल्ला कमिटी उपाध्यक्ष भरत बोहरा , सह सचिव धनराज बुढा लगायतका ४० बढीको उपस्थित रहेको थियो ।

जिल्ला शाखा सह सचिब नन्दा थापाले सन्चालन गरेको कार्यक्रममा बास नेपाल जिल्ला शाखा प्रेस संयोजक दिपक बडुवालले स्वागत मन्तव्य राखेका थिए । ९ सदस्यीय गठित उपशाखामा अध्यक्ष बिरेन्द्र रावल, उपाध्यक्ष नवीन कार्की, सचिब शुरेस बिक, सह–सचिव दिपक जोशि, कोषाध्यक्ष सुनिता बोहरा र सदस्यहरुमा साबित्री रावल,दिया बिक,प्रमिला बिष्ट,  दिपक दानी रहेका छन् ।

कार्यक्रममा उपस्थित सबैले नयाँ उपशाखाका पदाधिकारी अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए भने नगर भित्र हुने भष्टाचार, अनियमितताका बिरुद्ध लड्ने, नगर भित्र रहेका अपांग असाहय,टुहुरा, अति बिपिन्न परिवारलाई बास नेपाल ले सक्दो सहयोग गर्ने नवनिर्बाचित बास नेपाल बडिमालिका उपशाखाका अध्यक्ष बिरेन्द्र रावलले बताएका छन । यस्तै जिल्ला शाखा अध्यक्ष समेत रहेका सरिता थापाले बास नेपालमा आबद्ध सम्पूर्ण पदाधिकारीले सधै सत्य र न्यायको बाटोमा हिड्नु पर्ने र अब छिट्टै नै बाजुरा जिल्लाका सम्पूर्ण पालिकाहरुमा उपशाखा गठन गर्ने बताएका छन ।

  • १६ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech