बाजुराको सदरमुकाम मार्तडी बजार सरसफाई

असल शासन प्रतिनिधि

बाजुरा /  सभ्य समाज निर्माण गर्नु हाम्रो दायित्व, लागौं, जागौ, गरौं स्थायित्व भन्ने मुल नाराका साथ बाजुराको सदरमुकाम मार्तडी बजार सरसफाई गरिएको छ ।

आईतवार नगर स्तरिय युवा सञ्जालको आयोजना र गिफ्ट नेपाल, आईएनएफ नेपाल,साहास नेपाल र बास नेपालको समन्वय तथा सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

खुलामञ्चबाट शुरु गरिएको कार्यक्रम जिल्ला अस्पताल, खेलकुद, बन कार्यलय हुदै बजारका ब्यवसायि लाई सचेत गराउदै नगरपालिकाको टिप्पर समेत लिएर सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा बास नेपाल जिल्ला शाखाका पदाधिकारीहरु, युवा सञ्जालका पदाधिकारी, बासका शुभचिन्तकहरु, सहयोगी निकायका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधि, किशोरी समुह लगायत ६० बढि युवाहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी सरसफाई संगै एक औपचारिक रुपमा सचेतनामुलक सांस्कृतिक कार्यक्रम समेत गरेको थियो । सास्कृतिक कार्यक्रमका प्रमुख अतिथि एवम वडा नं ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले युवा सञ्जाल तथा बास नेपालले चेतनामूलक र उदाहरणीय काम गर्दै आएको बताउदै आफूले सक्दो सहयोग र समन्वय गर्ने बताएका छन । सकरात्मक कामका लागि पछि नहट्ने र मार्तडी बजारलाई सफा र सुन्दर बनाउन सबैले साथ र सहयोग गर्नुपर्ने पनि बताए ।

मार्तडि बजारको लोकतान्त्रिक चोकमा आयोजना गरिएको कार्यक्रममा बास नेपाल जिल्ला अध्यक्ष सरिता थापा, उपाध्यक्ष भरत बोहरा, किशोरी समुह, बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, वडा ९ का अध्यक्ष सूर्यकिरण विक, साहस नेपालका दिल बहादुर धामी, नगर स्तरीय युवा सन्जालका सल्लाहकार मदनराज जैशीको उपस्थिति रहेको छ ।

  • १६ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech