लेकवेशीमा ब्यवस्थापकीय आयाम

असल शासन प्रतिनिधि

सुर्खेत/ सुर्खेतको लेकवेशी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम सम्पन्न भएको छ । लेकवेशी नगरपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा सोमबार सो तालिम सम्पन्न भएको हो ।

लेकवेशी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेलको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, स्ब्यवस्थापकीय आयाम, थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम लाल लामिछानेले स्वागत गरेका थिए ।

तालिमको समापन सत्रमा बोल्दै नगरपालिकाका प्रमुख उमेश कुमार पौडेलले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको काम कर्तब्य र भुमिकाको विषयमा स्पस्ट भएको बताउदै काम गर्ने थप उर्जा थपिएको बताए । जनतालाई खुसी बनाउने गरी जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्ने पौडेलको भनाइ थियो । पौडेलले तालिमको माध्यामबाट पालिकाले गर्नुपर्ने काम र स्थानीय सरकार सञ्चालनको विषयमा थप जानकारी भएको बताएका थिए । नगरपालिकाका उपप्रमुख बिमला खड्लुकले तालिमबाट स्थानीय सरकार सञ्चालन संग सम्बन्धित बिभिन्न कानुनी कुराहरुको वारेमा थाहा भएको बताउदै तालिमबाट क्षमता विकास भएको बताइन् । स्थानीय सरकारले गरेका राम्रा कामको वजारीकरण र प्रचारप्रसार आवश्यक हुने कुरा तालिमबाट सिकाइ भएको उन्को भनाइ थियो ।

तालिमको समापन सत्रमा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले तालिमबाट सिकेका कुरा ब्यबहारमा गरी जनुमुखि काम गर्न जनप्रतिनिधि र कर्मचारीलाइ अनुरोध गरिन् । तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए । तालिममा नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, वडा सचिब लगायत ७० जनाको सहभागिता रहेको थियो ।

 

  • १६ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech