राष्ट्रिय टोपी दिवस भब्यताका साथ मनाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज /  विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनु पर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

बास नेपालको आयोजनामा आज नेपालगन्जको धम्बोझि चौकमा आयोजित नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको नेतृत्वतहमा रहेका ब्यक्तिले टोपी लगाउन लाज मानिरहेको अवस्थामा हरेक नागरिकले नेपाली टोपी र पोषाकको जगेर्ना गर्नुपर्नेमाजोड दिएकाथिए ।

कार्यक्रममा बोल्दै पूर्ब संविधान सभा सदस्य भोला सिद्धिकीले नेपाली टोपीलाई शान र पहिचानको रुपमा प्रयोग गर्न सबैलाई अपिल गरे । नेपालको नेतृत्वतहमा रहेका ब्यक्तिहरुले समेत नेपाली टोपीलाई महत्व नदिनु लज्जास्पद रहेको भन्दै जन स्तरबाट नेपाली टोपीको महत्वलाई उजागर गर्ने बासलाई धन्यबाद ज्ञापन गरे । उनले अर्को बर्ष टोपी दिवसलाई सबै मिलेर भब्यताका साथमनाउने गरी अगुवाई गर्न बासलाई अनुरोध गरे । कार्यक्रममा बोल्दै मुस्लिम अगुवा रहमानमिया र कादिर अन्सारीले नेपाली टोपीका कारण साउदी सम्म फरक पहिचान बनेको भन्दै नेपाली टोपी हरेक नेपालीको शान भएको बताए ।

कार्यक्रममा बोल्दै हरित अभियन्ता हेमन्तराज काफ्लेले विश्वमा फरक पहिचानको रुपमा रहेको नेपाली टोपीले देशको स्वाभिमान झल्काएको बताए । बरिष्ट कलाकार सुन्दर गुरुंगले नेपाली टोपि लगाउदा गर्वको अनुभुती हुने जनाए । सामाजिक अभियन्ता झविलाल शर्माले टोपी दिवसलाई देशै भरी महत्वका साथ मनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता नमिता श्रेष्ठले पश्चिमी संकृतीले गाँजिरहेको नेपाली समाजमा सबै मिलेर नेपालीपनलाई जगेर्ना गर्नुपर्ने बताईन् ।

कार्यक्रमको उद्धेश्य माथि प्रकास पार्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले हाम्रौ गौरब हाम्रो सान नेपाली टोपी हाम्रो पहिचान नाराका साथ नेपालीपनलाई संरक्षण, प्रर्वद्धन र विस्तार गर्दै साझा कार्यक्रमको रुपमा विकास गर्दै लैजाने उद्धेश्यले विगतका बर्षहरुदेखि नै बासले टोपी दिवस मनाउदै आएको बताए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए भने कार्यक्रमको समापन बासका केन्द्रीय उपाध्यक्ष शिबकुमार बर्माले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, ब्यवसायि, बिद्यार्थी लगायतको स्वस्फूर्त सहभागिता रहेको थियो ।

त्यसैगरी बास नेपाल बाजुरा शाखा, कैलाली शाखा, कञ्चनपुर शाखा,दैलेख शाखा, सुर्खेत शाखा, जाजरकोट शाखा, दाङ शाखा , कास्की शाखा र सिराहा शाखाले आ आफ्नो जिल्लामा शाखाका पदाधिकारीहरुको समुपस्थितिमा आजै टोपी दिवस मनाएका छन् ।

 

  • १६ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech