जानकीले गर्यो सार्वजनिक सुनुवाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/जानकी गाउँपालिका बाँकेको आर्थिक बर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा पौष १७ गते सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागिहरु बिचमा झण्डै अढाई घण्टा भएको दोहोरो प्रश्नोत्तर पश्चात ६ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ ।

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा गाँउपालिका भित्र सञ्चालीत सडक योजनाहरुमा नाला निर्माण नहुदा डुवानको समस्या देखिएको र ठेकेदार कम्पनीलाई जानकारी गराउदा समेत अटेरी गरिरहेकोले पाईएकाले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्ने, गाँउपालिका भित्र जडान गरिएका सडक बत्तिको मर्मत तथा जडानका लागि बिद्युत प्राधिकरणसँग समन्वय गर्ने, लक्षीत बर्ग उत्थान कार्यक्रम हाल सम्म सञ्चालन नै नभएको पाईएकाले यथासक्य पारदर्शि रुपमा कार्यक्रम सञ्चालन गर्ने, पालिका भित्र रहेका बिद्यालयहरुको स्तर उन्नती गर्ने, शैक्षिक सुधारका लागि योजना सहित काम गर्ने, रेडक्रस मार्फत हुने कार्यक्रममा आवश्यकता अनुसार सहकार्य गर्ने, कृषकहरुले समयमा मलखाद नपाएको गुनासो आएकाले आगामी दिनमा गुनासो नआउने गरी समयसिमा भित्र मलखाद वितरणको ब्यवस्थापन गर्ने तथा कृषकहरुका समस्या तथा गुनासो समाधान गर्ने र कालीकापुरमा बाटो निर्माणका लागि बिनियोजन गरिएको ४५ लाख रकम रकमान्तर गरिएको पाईएकाले जरुरी उक्त योजना चालु आर्थिक बर्ष भित्र नै गर्ने गरी आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको छ ।


बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा सुनुवाईको उद्धेश्य माथि प्रकाश पारेको कार्यक्रममा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बास नेपालका उपाध्यक्ष शिब कुमार बर्माले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा पालिकाले गरेका कार्यक्रम तथा प्रगतिको बारेमा प्रमुख प्रशासकिय अधिृकत दिल बहादुर पौडेलले गरेका थिए । सुनुवाईमा सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ गाँउपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादब, प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुले दिएका थिए । सुनुवाईमा ३२० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech