स्थानीय सरकार सञ्चालन विषयक तालिम

असल शासन प्रतिनिधि

सुर्खेत/सुर्खेतको गुर्भाकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा मंगलबार सो तालिम सम्पन्न भएको हो ।

नगरपालिकाका प्रमुख हस्त पुनको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर खत्रीले कार्यक्रमको उद्देश्यमाथी प्रकास पादै सहभागिहरुलाइ स्वागत गरेका थिए ।

तालिमको समापन सत्रमा बोल्दै नगरपालिकाका प्रमुख हस्त पुनले तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरुलाइ उत्प्रेरणा मिलेको बताए । स्थानीय तह सञ्चालन संग सम्बन्धित कानुनको वारेमा पुर्नताजकी भएको बताउदै तालिमले थप उर्जा मिलेको पुनले बताए । जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले जनतालाई खुसी बनाउने गरी जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्ने उन्कोे भनाइ थियो । नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङ्गले तालिमबाट स्थानीय सरकारले आर्थिक सम्बृद्धी र सुशासनका लागि गर्नुपर्ने बिविध विषयमा ज्ञान प्राप्त भएको बताउदै अन्य पालिकाले गरेका राम्रा अभ्यासहरुको वारेमा जानकारी भएको बताए । स्थानीय सरकारले गरेका राम्रा कामको वजारीकरण र प्रचारप्रसार आवश्यक हुने कुरा तालिमबाट सिकाइ भएको उन्को भनाइ थियो ।

तालिमको समापन सत्रमा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले तालिमबाट सिकेका कुरा ब्यबहारमा लागु गरी जनुमुखि काम गर्न जनप्रतिनिधि र कर्मचारीलाइ अनुरोध गरिन् । तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए । तालिममा नगरपालिकाका जनप्रतिनिधि, बिषयगत शाखाका प्रमुख, वडा सचिब लगायत ८० जनाको सहभागिता रहेको थियो ।

 

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech