जन्मदिनको अवसरमा गुरुकुलमा सहयोग

असल शासन प्रतिनिधि

डोटि / बास नेपालका डोटि जिल्ला शाखा अध्यक्ष सरिता कठायतले स्थानिय गुरुकुलमा सहयोग गरेकी छिन ।

डोटिको शिखर नगरपालिका ६ चुडीम अबस्थित श्री मष्टा संस्कृत गुरूकुल विद्याश्रममा अध्यक्ष कठायतले आफ्नो जन्मदिनको अबसरमा बुधवार भोजनार्थ चार हजार एक सय पचपन्न सहयोग गरेकी हुन ।

जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा गुरुकुलमा आर्थिक सहयोग गर्दा आफुमा खुशीको अनुभूति भएको कठायतले बताईन ।

२०७५ सालमा स्थापना भएको श्री मष्टा संस्कृत गुरूकुल विद्याश्रममा हाल १६ जना छात्र अध्ययनरत छन् भने गुरुकुल संचालनार्थ विभिन्न स- संस्था तथा अन्य स्थानिय गाउपालिका,नगरपालिका र देश तथा विदेमा रहनु भएका विभिन्न ठाउका दाताहरूको सहयोग बाट संचालित भयको छ ।

विद्याश्रममा हाल आर्थिक अभावका कारण १ जना शिक्षक र १ जना कार्यालय सहायक मात्र रहेकाका छन ।

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech