इन्टेग्रिटी आइकन नेपाल-२०२३ सार्वजनिक

असल शासन प्रतिनिधि

काठमाडौँ/ इन्टेग्रिटी आइकन नेपाल २०२३ का लागि पाँच जना सरकारी कर्मचारीहरूको नाम छनोट भएको छ । वर्षको इन्टेग्रीटी आइकनका लागि देशभरबाट ४ सय ६६ मनोनयन प्राप्त भएकोमा पाँच जना इन्टेग्रीटी आइकन छनौट भएका हुन् ।

सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको एकाउन्ट्याबिलिटी ल्याब नेपालले जनाएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशी राज दाहाल, पूर्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा। सुचेता प्याकुरेल रहेको निर्णायक समितिले पाँच जनाको नाम छनौट गरेको हो ।

एकाउन्ट्याबिलिटी ल्याब नेपालले दश वर्षदेखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ ।

इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएका कर्मचारीहरुमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकिय अधिकृत प्रतीक राई, नारायणी अस्पताल बीरगन्जकी अस्पताल नर्सिङ प्रशासक हेमा थापा, मनमैजु माबी तारकेश्वरकि प्रधानाध्यापक रबिना महर्जन, शीतोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङका बागवानी विकास अधिकृत,पद्मनाथ आत्रेय र महिला तथा बालबालिका विभागकी उपसचिव नीरा अधिकारी रहेका छन् ।

 

 

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech