नेपालगञ्ज कारकांदो दुर्घटनाका पीडितहरु आक्रोशित

प्रहरी र पीडित बिच छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको कारकाँदोमा अङ्ग्रेजी नयाँ वर्षको रात स्कारपियोको ठक्करले दुईजनाको मृत्यु र एकजना गम्भीर घाइते भएको बिषयमा प्रहरी र पीडित बिच बार्ता भएको छ ।

प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतक तथा घाइतेका परिवार, आफन्हरुले घटनास्थलमा आन्दोलन गरेपछि बार्ता भएको हो ।
बार्ता गर्ने प्रहरी आश्वासन पछि पीडितहरुले चक्काजामको कार्यक्रम स्थगित गरेका थिए ।

उक्त घटनामा आस्था शाह र होटल सिद्धार्थमा कार्यरत कर्मचारी मायाराम चौधरीको ज्यान गएको थियो भने सहाना शाह गम्भीर घाइते भई उपचाररत छिन् ।

सडक दुर्घटनाका बिषयमा मृतक शाहका आफन्त धर्मजँग शाहले ठक्कर दिने सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियोका धनि लम्किचुहा १ कैलालीका रामराज जैशी बिरुद्ध जाहेरी दर्ता गराएका पनि प्रहरीले गम्भिरता पूर्बक नलिएको पीडितहरुको आरोप छ ।

पौष १५ गते साँझ आस्था र नेपालगञ्ज ४ गणेशपुर बस्ने भान्जी सहनाज शाह नयाँ बर्षको कार्यक्रम हेर्न सिद्धार्थ भ्यु होटलमा गई राती कोठा फर्कने क्रममा सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियो गाडी चालकले मादक पदार्थ सेवन गरि गाडी चलाएका कारण गाडी अनियन्त्रित हुन गई ठक्कर दिएको बताईरहेका पीडितहरुले पीडकसँग भेट नगराएको, गाडी भित्र सवार रहेका व्यक्तिहरु बारे जानकारी नगराएको, घटनाका बिषयमा गम्भिर नभएको आरोप लगाएका छन् ।

पीडितका आफन्त युवराज जँग शाहले घटना स्थलबाट गाडी हतारमा प्रहरीले उठाएर नियन्त्रणमा लिएको, घटना स्थलमा पीडितहरुलाई उपस्थित नगराई मुचुल्का उठाएको बताए ।

मृतकका पीडितहरुले प्रहरी, प्रशासनले घटनालाई संबेशनशिल रुपमा नलिएको भन्दै बिहिवार दिउसो घटना स्थलमा टायर बालेर सडक अवरुद्ध पारेपछि प्रहरीले पीडितहरुलाई बोलाएर बार्ता गरेको थियो । बार्तामा पीडितहरुले गाडीमा सवार व्यक्तिहरु सार्वजनिक गर्नुपर्ने, पीडिकसँग भेट गराउनुपर्ने र गम्भिरतापूर्ब घटनाको अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।

दुईपक्षिय छलफलमा भोली शुक्रवार बिहान ८.०० बजे पीडित र पिडक आरोपित बिच छलफल गराउनुका साथै संबेदनशिलताका साथ कार्वाही गर्ने प्रतिबद्धता भएको पीडितहरुले बताएका छन् ।

शाहले यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) बमोजिम कार्वाहीको माग गरेका छन् । प्रहरीले रामराजलाई नियन्त्रणमा लिईसकेको छ ।

श्रोतका अनुसार, रामराजले गाडी चलाईरहेका थिए भने उनको चालक र २, ३ जना युवतीहरु सो गाडीमा रहेका थिए ।

यस बारे बाँकेका प्रहरी प्रमुख सुबाश बोहरा घटनाका दोषिलाई प्रहरीले नियन्त्रणमा लिई कार्वाही प्रकृया अघि बढाईसकेकाले पीडितहरुलाई धैर्य हुन आह्वान गरे ।

 

  • १९ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech