गायत्रीनगरमा कपडा तथा खाद्यान्न बितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज वडा नम्वर २० को गायत्रीनगरमा बास नेपालद्वारा सञ्चालित कपडा बैंकबाट कपडा तथा खाद्यान्न बितरण गरिएको छ ।

गायत्रीनगरमा रहेका अपाँगता भएका व्यक्तिहरुलाई पौष १९ गते कपडा तथा खाद्यान्न बितरण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० का वडा सदस्य चक्र बुढाको प्रमुख आतिथ्यतामा सो सहयोग बितरण गरिएको हो ।

३० जना अपाँगता भएका व्यक्तिहरुलाई लत्ता, कपडा, नुन लगायत खाद्यान्न बितरण गरिएको थियो ।

बितरण कार्यक्रममा बास नेपालका कार्यक्रम संयोजक शोभा थापा मगर, अपाँगता अधिकारकर्मी टेकराज जैशी, कपडा बैंक संयोजक मिना घर्ति मगर, नानीमाया जैशी र दिनेश चौधरीको उपस्थिती रहेको थियो ।

 

 

  • २० पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech