नेपालगञ्जमा सूचनाको पहुँच बारे छलफल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ सुचनाको हकमा आम नागरिकहरुको पहुँच स्थापित हुन नसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

बास नेपाल र एकाउन्टबिलिटी ल्याबको आयोजनामा पौष २० गते नेपालगञ्जमा सम्पन्न सुचनाको पहुँच बिषयक अन्र्तक्रियाका सहभागिहरुले सो कुरा बताएका हुन् ।

सूचनाको हक सम्बन्धिको ऐन २०६४, नियमावली २०६५ आएको दशकौं बितिसक्दा समेत आम नागरिकहरुको पहुँच सार्वजनिक सूचनामा हुन नसकेको सहभागिहरुको भनाई थियो ।

नेपालगञ्ज १२ कम रामु चिडिमारले नेपालगञ्ज उपमहानगरपालिकाका धेरै वडाहरुमा कर्मचारीहरु राख्दा सर्बसाधारणलाई सूचना नदिएको बताए । शिक्षक  सैलेन्द्र चौधरीले स्वास्थ्य र शिक्षा लगायतका बिषयमा हुनुपर्ने सूचना प्रबाह सहज तरिकाले हुन नसकेको बताए ।

बिष्णु शर्माले मागिएका सूचना सहज तरिकाले उपलब्ध नहुने गरेको बताए ।

अपाँगता अधिकारकर्मी पुष्प उप्रेतीले सार्वजनिक निकायमा दोभाषे नराखिदा अपाँगता भएका व्यक्तिहरुले सूचना प्राप्त गर्न कठिनाई भएको बताए ।

बाल अधिकारकर्मी अञ्जना चतुर्बेदीले युवाहरुलाई सूचनाबाट बन्चित गर्न नहुने बताए । अर्का बाल अधिकारकर्मी साहिल अन्सारीले मेला, महोत्सवमा बालबालिकाको प्रयोग हुने गरेको जनाउँदै आपत्ति जनाए ।

कार्यक्रममा प्रमुख सरोकारवालाको रुपमा सहभागि भएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सूचना शक्ति भएको बताए । उनले सबै जवाफदेही भई आम नागरिकलाई सूचना प्रबाह गर्नुपर्ने बताए ।

सरोकारवाला जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द प्रसाद पाण्डेले बाँकेमा सूचना प्रबाह प्रभावकारी हुँदै गईरहेको बताए ।

अर्का सरोकारवाला अधिबक्ता बिश्वजित तिवारीले सूचनाको हक प्रचलनका लागि आम नागरिकहरु जागरुक हुनुपर्ने बताए ।

सरोकारवाला गैसस महासंघका केन्द्रीय सदस्य नामस्कार शाहले सूचना माथिको पहुँच स्थापित गर्नका लागि सूचनाको हक लगायतका संयन्त्रहरु कार्यान्वयन गर्नुपर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी खिमानन्द अर्यालले उपमहानगरका तर्फबाट भईरहेको सूचना प्रबाह बारे बोलेका थिए ।

पत्रकार साबित्री गिरीले सहजिकरण गरेको कार्यक्रममा स्वागत एकाउण्टबिलिटि ल्यावकी फेलो रमिता शाहले गरेकि थिईन् । कार्यक्रमको उद्धेश्य माथि प्रकाश ल्यावका फेलो तपेन्द्र बहादुर मलातीले पारेका थिए ।

  • २० पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech