डुङ्गेश्वरमा बास नेपालको उपशाखा

असल शासन प्रतिनिधि

डुङ्गेश्वर गाउँपालिका वडा न. १ का अध्यक्ष श्याम बहादुर रानाको प्रमुख अतिथ्यतामा १३ सदस्सिउ डुङ्गेश्वर उपशाखा गठन गरिएको छ ।

उपशाखाको अध्यक्षमा दिलीप खड्का, उपाध्यक्षमा दिपा खत्री, सचिवमा प्रकाश थापामगर, सहसचिव गीता कुमारी बुढा, कोषाध्यक्ष टंक वली, सदस्यहरूमा रत्न बहादुर वि.क., रमेश थापामगर, महेश बुढा, प्रेम बहादुर बादी (आकाश) रेखा थापा मगर, लता सुनार, भवानी रिजाल, र यमुना थापा मगर रहेका छन् । शनिवार गठन भएको उपशाखाले हरेक महिना बैठक बसी आफ्ना कार्यक्रम तय गर्नेछ ।

उपशाखा गठन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले बासले गर्ने हरेक कार्यक्रममा सहकार्य गर्ने बताए । उनले भने–बास नेपाल दैलेखले डुङ्गेश्वरमा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै उपशाखा गठन गरेकोमा शुभकामना छ ।

अध्यक्ष रानाले नयाँ कार्यसमितिका सदस्यहरुलाई टिका लगाए सुभकामना दिएका छन् । उपशाखा गठन कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, बास नेपालका सक्रिय सदस्य डाक्टर राम बहादुर विष्ट, बास नेपाल जिल्ला शाखा दैलेखका सचिव सहित करिब ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम समापन गर्दै जिल्ला शाखा दैलेखका अध्यक्ष हिक्मत बुढाले जिल्लामा बास नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । जिल्लामा उपशाखा गठन गर्ने क्रममा शनिवार डुङ्गेश्वर उपशाखा बिस्तार गरिएको उनले बताए ।

बास नेपाल दैलेख पुनर्गठन भएको एक वर्षको समयमा धेरै काम गर्दै आएको छ । सक्रिय काम गरेको भन्दै केन्द्रीय कार्यालयले गर्ने मूल्याङ्कनमा यस बर्ष शाखा उत्कृष्ट छनोट भएको थियो ।

  • २१ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech