वार्ड नं ९ मा रुक्सार शेष

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज उप महानगरपालिका वाड नं ९ बाँके गाँउमा रुक्सार शेष बास नेपालको ईकाई अध्यक्षमा चयन भएकी छिन् ।

आईतवार बास नेपाल बाँके शाखाले वार्ड नम्बर ९ मा गठन गरेको बास नेपालको नौ सदस्यीय ईकाई समितिको अध्यक्षमा शेष चयन भएकी हुन् ।

वार्ड स्तरिय गठित ईकाई समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषध्यक्षमा क्रमश शिवा भुजुवा, बिजय कुमार यादव, उज्वला साहु र शन्नु शेष चयन भएका छन् ।

ईकाईका सदस्यहरुमा क्रमश शिमा यादव, श्याम कुमार यादव, शाहिल शेष र मोहन बिक चयन भएका छन् ।
गठित ईकाईका पदाधिकारीहरुलाई बधाई दिदै बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले उक्त भेलामा बास नेपालको बारेमा जानकरी दिएका थिए ।

त्यस्तै बास बाँके शाखा अध्यक्ष शोभा थापा मगरले आफ्नो भनाई राख्दै बासले युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने भएकाले तपाईहरु स्वयं सक्रिय भएर लाग्नु पर्ने बताईन् । साथै उनले हरेक शुक्रवार बासको शुसासन हलमा युवाहरुलाई सक्रिय पार्न ईन्स्पाईरिङ युथ कार्यक्रम सञ्चानल गर्ने भएकाले उक्त कार्यक्रममा सहभागीता जनाएर केही शिक्न आग्रह पनि गरिन् ।

बास नेपाल बाँके शाखा अध्यक्ष शोभा थापा मगर, बाँके शाखा सदस्य रामु चिडिमार, बास केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, जनसम्पर्क अधिकृत माधव कार्की, सहजकर्ता रमिता शाह र कार्यक्रम सहायक सरिता बिश्वकर्माको उपस्थितिमा ईकाई कमिटि गठन गरिएको हो ।

  • २३ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech