स्वयंसेवक संयोजकमा चयन भए गिरी

असल शासन प्रतिनिधि

नेपालगञ्ज / लामो समय देखी स्वयंसेवकको रुपमा काम गर्दै आएका सक्रिय युवा आशिष गिरी बास नेपालको स्वयंसेवक समितिको संयोजकमा चयन भएका छन् ।

बास नेपालले ६ महिनाको अवधिमा स्वयंसेवक समिति पुनर्गठन गर्दै आएको र सोही क्रममा २३ औं स्वयंसेवक समितिलाई बिदाई गर्दै शोमबार २४ औं स्वयंसेवक समितिमा बासका सक्रिय सदस्य समेत रहेका गिरि संयोजकमा चयन भएका हुन् ।
९ जनाको समिति चयन गरिएको उक्त कार्यक्रम बाट समितिको सह संयोजकमा सुमिता कुमाल, सदस्य सचिवमा दिपिका देवकोटा, कोषाध्यक्षमा मनिष फडेरा रहेका छन् भने समितिको सदस्यहरुमा बासुदेव उपाध्याय, तुल्सी महत्तरा, अस्मिता थापा, रचना शर्मा र दिपा दर्लामी मगर रहेका छन् ।

त्यसैगरी लामो समय देखी बास नेपालमा स्वयंसेवकको रुपमा काम गर्दै आईरहेका सरिन श्रेष्ठको संयोजकत्वमा रिडर्स क्लवको पुर्नगठन गरिएको छ । बासुदेव उपाध्याय सह संयोजक रहेको उक्त रिडर्स क्लवमा सदस्य सचिवमा पवन उपाध्याय रहेका छन् भने सदस्यहरुमा नानीमाया देवकोटा र टिका बिक रहेका छन् ।

स्वयंसेवक समिति र रिडर्स क्लव मा चएन भएका पदाधिकारीहरुलाई बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र उपाध्यक्ष शिव कुमार बर्माले खादा र टिका लगाएर सम्मान गरेका थिए ।

२३ औं स्वयंसेवक समिति संयोजक अशोक रावलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार बर्मा, निबर्तमान अध्यक्ष रमेश सिटौला, पुर्ब अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह र निर्देशक हेमराज भट्ट लगायतले स्वयंसेवकहरुले गर्नुपर्ने काम कर्तब्यका बारेमा जानकारी दिनुका साथै नयाँ समितिमा आएकालाई बधाई दिएका थिए । कार्यक्रम बासका स्वयंसेवक बिभाग प्रमुख तपेन्द्र मलातीले सञ्चालन गरेका थिए ।

  • २३ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech