योजना अनुगमनमा प्रदेशसभा सदस्य खत्री

असल शासन प्रतिनिधि

नेपालगञ्ज, पुस २४/ लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारका विभिन्न कार्यालय मार्फत सुरु भएका योजनाको अनूगमन अघि बढाउनुभएको छ ।

ठेक्का सम्झौता अनुसार समयभित्रै गुणस्तरयुक्त काम होस भनेर अनूगमन सुरु गरेको बाँके क्षेत्र नम्बर ३(१)का प्रदेशसभा सदस्य खत्रीले बताउनुभयो ।

कामको अनूगमनसँगै खत्रीले सम्वद्ध सरकारी कार्यालयका प्रमुख र कर्मचारी तथा स्थानीयसँग समेत समन्वय गर्दै आउनुभएको छ ।  खत्रीले आदर्श मावि खजुरामा निर्माणाधिन दुई कोठे भवन र पर्खालको निर्माण अवस्था बारे जानकारी लिनुभयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटा र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर रानाभाटले सम्झौताको समय भन्दा पहिले नै काम सम्पन्न हुने बताउँदै अपुरो पर्खालको कामलाई पूर्णता दिन थप बजेट आवश्यक पर्ने बताउनुभयो । प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई योजना छनौटको जिम्मेवारी दिए अनुसार खत्रीको छनौटमा यो योजना परेको हो ।

यसैगरी खत्रीले बैजनाथ गाउँपालिका ७ परशरामपुरमा निर्माणाधिन पक्कि नालीको स्थलगत अनूगमन गरि जानकारी लनुभयो । यसैगरी खत्रीले ई गाउँ–पेडारी सडकको निर्माण अवस्था बारे जानकारी लिई स्थानीय बासिन्दासँग छलफल गर्नुभयो ।

यो सडकलाई प्राथमिकता दिएर छिटो पूर्व–पश्चिम राजमार्गमा पुर्याउने योजना रहेको भन्दै खत्रीले प्रदेश सरकारका चालु बर्षका अधिकाँश योजना कार्यान्वयन भईसकेको बताउनुभयो ।

  • २५ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech