लायन्स क्लवद्वारा कपडा प्रदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज / लायन्स क्लव अफ नेपालगञ्ज पिएनएलएफले कपडा बैंकलाई कपडा प्रदान गरेको छ ।

बिहिवार लायन्स क्लव अफ डिष्ट्र्‍क ३२५ का पुर्ब गभर्नर सेम राज शाक्यको प्रमुख आतिथ्यतामा बास नेपालले सञ्चालन गरेको कपडा बैंकलाई उक्त क्लवले कपडा प्रदान गरेको हो ।

हुनेले दिउँ, नहुनेले लिउँ भन्ने उद्धेश्यका साथ बास नेपालले नेपालगञ्जको गणेशमान चौकमा सञ्चालन गरेको कपडा बैंकलाई उक्त क्लवले मेल बिन सप्ताह कार्यक्रमको अवसरमा सो सहयोग हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी शाक्यले बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहलाई कपडा हस्तान्तरण गरेका थिए ।

चिसोका कारण समस्यामा परेका नागरिकहरुलाई लक्षित गरी बास नेपालले समुदाय स्तरमै पुगेर कपडा बितरण गर्न थालेपछि सो अभियानमा सहकार्य गर्दै क्लवका तर्फबाट १७९ थान कपडा प्रदान गरेको लायन्स क्लव अफ नेपमलगञ्जका एरिया चिफ सञ्जय थापाले जानकारी दिए ।

कपडा हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ डिष्ट्रीक ३२५ का पुर्ब गभर्नर सेम राज शाक्य, द्धितिय भाईस गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लाईन्स क्लवका एओजी कृष्ण प्रशाद श्रेष्ठ, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत माधव कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम लायन्स क्लव अफ नेपालगञ्जका एरिया चिफ सञ्जय थापाले सञ्चालन गरेका थिए भने कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले मन्तव्य व्यक्त गरेका थिए ।

  • २६ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech