प्रबिधिमैत्री सेवा सुचारु गर्दैै गुर्भाकोट नगरपालिका

शिक्षक र बिद्यालय कर्मचारीको तलव सिधै ब्यक्तिको खातामा

असल शासन प्रतिनिधि

सुर्खेत / गुर्भाकोट नगरपालिकाबाट प्रवाह हुने सार्बजनिक सेवालाई प्रबिधिमैत्री बनाउन शूरु गरेको छ ।

गुर्भाकोट नगरपालिकाका शिक्षा अधिकृत पदम बहादुर वि.क ले आज  ईएफटी ( ईलेक्ट्रोनिक फन्ड ट्रान्सफर ) सम्बन्धी जानकारी सार्बजनिक गर्दै मंसिर महिनादेखी सोझै शिक्षक तथा बिद्यालय कर्मचारीहरुको तलब बैंक खातामा जाने गरि निकासा गरिएको जानकारी दिए ।

गुर्भाकोट नगरपालिकाको चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा प्रबिधिमैत्री डिजिटल पालिका बनाउने निर्णय बमोजिम पालिकाले चालू आर्थिक बर्षको शुरुवाती देखी नै पालिकाले बिद्यालयको खातामा ईलेक्ट्रोनिक फन्ड ट्रान्सफरमार्फत शिक्षक तथा बिद्यालय कर्मचारीहरुको तलब भत्ता निकासा गर्दै आएको थियो । बिद्यालयको खातामा निकासा गर्दा पनि शिक्षक तथा कर्मचारीहरुले मासिक रुपमा तलब भत्ता पाउने सुनिश्चितता नभएपछि पालिकाले सोझै शिक्षक तथा कर्मचारीहरको ब्यक्तिगत खातामा निकासा गर्न थालेको हो ।

सार्बजनिक सेवा प्रवाहलाई प्रबिधिमैत्री बनाउँदै डिजिटल पालिका बनाउने योजना अनुरुप बिल भुक्तानी र सामाजिक सुरक्षा भत्ता यस अघि नै ईलेक्ट्रोनिक फन्ड ट्रान्सफरमार्फत सोझै ब्यक्तिको खातामा रकम जम्मा हुने ब्यवस्था सुचारु गरिसकेको प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर खत्रीले बताए ।

  • २६ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech