युथ एड्भोकेसी नेपाल बाँकेको संयोजकमा शोभा

असल शासन प्रतिनिधि

बाँके/युवाका क्षेत्रमा कार्यरत राष्ट्रिय स्तरको संस्था युथ एड्भोकेसी नेपालको बाँके जिल्ला समिति गठन भएको छ ।

पौष २७ गते नेपालगञ्जमा सम्पन्न युवाहरुको भेलाले बाँके जिल्ला समिति गठन भएको हो ।

गठित समितिको जिल्ला संयोजकमा शोभा थापा मगर चयन भएकि छन् ।

समितिको सहसंयोजकमा रबिन्द्र बोहरा, सदस्य सचिवमा पवनराज उपाध्याय चयन भएका छन् । समितिको सदस्यहरुमा क्रमशः दिपिका देवकोटा, सरिन श्रेष्ठ, मिना घर्ती, आशिष गिरी रहेका छन् ।

काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले युवाका बिभिन्न सवालाहरुमा काम गर्दै आईरहेको छ ।
गठन कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बास नेपालका निर्देशक हेमराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।

  • २७ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech