२८८औं ईन्स्पाईरिङ युथमा स्थानिय जागरण तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज  /  बास नेपालले हरेक शुक्रवार सञ्चालन गर्दै आएको ईँन्स्पाईरिङ युथ कार्यक्रम अन्तर्गत आज असल शासनका लागि स्थानिय जागरण तालिमको आयोजना गरेको छ ।

बास नेपालको शुसासन हलमा आयोजित ईन्सपाईरिङ युथ कार्यक्रमको २८८ औं श्रीखंलामा आज उक्त तालिम दिईएको हो ।

युवाहरुलाई लक्षित गरी हरेक साता आयोजना गर्ने ईन्स्पाईरिङ युथ कार्यक्रममा युवाहरुलाई उत्प्रेरणा दिने खालका बिचारहरु राख्न बिभिन्न क्षेत्रबाट अतिथिहरु बोलाईने उक्त कार्यक्रममा केही श्रखंलाहरु भने राष्ट्रिय कलाकारका साथै ख्याती प्राप्त ब्यक्तिहहरुको उपस्थितिमा आयोजना गर्दै आएको बास नेपालले यो साता भने युवाहरुलाई असल शासनका शुचकहरुको बारेमा तालिम दिईएको ईन्स्पाईरिङ युथ कार्यक्रमकी संयोजक शोभा थापा मगरले बताईन् ।

बिभिन्न कलेजका बिद्यार्थीहरु, बास नेपालका स्वयंसेवकहरु, बाँके शाखा, उपशाखा र ईकाईहरुका पदाधिकारी गरी जम्मा ५० जना सहभागी रहेको उक्त तालिममा बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले असल शासन भनेको के हो ?, असल शासनका बाधक तत्व, पारदर्शिता, जवाफदेहिता, कानुनी शासन, किन संस्कृति ?, सूचनाको हक लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम सञ्चालन बास नेपालका कार्यक्रम सहायक अशोक रावलले सञ्चालन गरेका थिए ।

  • २७ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech