इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित

असल शासन प्रतिनिधि

काठमाण्डौं/ इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट यस वर्षका पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् ।

सम्मानित हुनेमा महिला तथा बालबालिका विभागका उपसचिव, नीरा अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत, प्रतिक राई, मनमैजु माध्यामिक विद्यालय, तारकेश्वर, काठमाण्डौका प्रधानाध्यापक, रिबना महर्जन, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका बागवानी विकास अधिकृत, पद्मनाथ आत्रेय र नारायणी अस्पताल, बीरगञ्जका अस्पताल नर्सिङ निरिक्षक, हेमा थापा रहेका छन् । २५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण १० हजार भन्दा बढी व्यक्तिले हेरेका थिए ।

पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो ।

जस अन्तरगत, नीरा अधिकारी “Integrity with Inspiration”, प्रतिक राई “Integrity with Excellence”, रबिना महर्जन “Integrity with Courage”,  पद्मनाथ आत्रेय “Integrity with Humility”, र हेमा थापा “Integrity with Compassion” टाईटलबाट सम्मानित भएका थिए ।

“ईन्टेग्रिटी आईकन २०२३” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै पूर्व सभामुख दमननाथ ढुंगानाले भन्नुभयो – देशमा जता पनि निरासा छ । यसको प्रमुख कारण पथ प्रदर्शकको भूमिकामा हुने राजनीतिक दलले गर्ने भ्रष्टाचार हो र त्यो भ्रष्टाचारलाई कम गर्न सक्ने भनेको असल कर्मचारितन्त्रले मात्र हो । त्यसैले मैले सदाचार कर्मचारीलाई सम्मान गर्ने यो कार्यक्रमको महत्व बढी पाए ।

  • २७ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech