भालुवाङ दुर्घटनामा महिला उधमी बस्नेतको निधन

शोकमा डुब्यो नेपालगन्ज

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दाङको भालुबाङमा भएको यात्रुवाहक बस दुर्घटनामा नेपालगन्जकी महिला उद्यमी कुसुम बस्नेतको निधन भएको छ।

महिला उद्यमी संघ नेपाल बाँकेकी पूर्व अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य ६० वर्षीया बस्नेतको शुक्रबार काठमाडौं जाने क्रममा भएको सडक दुर्घटनामा निधन भएको हो ।

बस्नेतले नेपालगन्जमा लामो समयदेखी छापाखाना लगायत व्यवसाय सञ्चालन गर्दै आएकी थिइन्। सफल महिला उद्यमी बस्नेतको निधनले ठुलो क्षति पुगेको नेपालगन्जका उद्योगी, व्यवसायीले बताएका छन्।

नेपालगन्जदेखि काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलबाट  २५ मिटर तल रहेकि राप्ती नदीमा खसेर शुक्रबार राती दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो।

पूर्व अध्यक्ष बस्नेतको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बाँके स्थित उधोगी, व्यवसायीहरुले सामाजिक संजालमा उन प्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

  • २८ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech