न्यायाधीशकी कान्छी पत्नीद्वारा सर्बोच्चमा आत्मदाह प्रयास

असल शासन प्रतिनिधि

काठमाडौं । न्यायाधीश भुवन गिरीकी कान्छी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन् ।
गिरीले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आत्मदाह प्रयास गरेकी हुन् ।

उनले आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी उनले उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् ।

भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्याइन् । तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।

यस अघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।

 

  • २९ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech