भाईरल रोडमा ठोक्किए दुई मोटरसाईकल

तीन घाईते

असल शासन प्रतिनिधि

घोराही, दाङ/ दाङको घोराही स्थित भाइरल रोडमा दुई मोटरसाइकल ठोक्किदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा तुलसिपुर उपमहानगरपालिका – ८ का १९ बर्षीय बिप्लब अधिकारी, १७ बर्षीया सुशिला थापा र घोराही उपमहानगरपालिका – १५ का ३० बर्षीय सुमन चौधरी घाइते भएका छन् । चौधरीको घाँटी नजिकको ब्यूटी बोन फ्याक्चर भएको प्रहरीले जनाएको छ । चौधरीको भने घोराहीमा उपचार भइ रहेको छ ।

बिप्लव र सुशीलालाई थप उपचारका लागि बाँकेको कोहलपुरका लागि रेफर गरिएको छ । उनीहरु बा ८८ प ५५६५ को मोटरसाइकलमा सवार थिए भने चौधरी रा ४ प १०७४ नम्बरको बुलेट बाइकमा सवार थिए । उनीहरु एक आपसमा ठोक्किएका थिए ।

 

  • १ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech