हरित अभियन्ता काफ्लेलाई ट्रीमेन अवार्ड

असल शासन प्रतिनिधि

नेपालगन्ज/ हरित अभियन्ता हेमन्त राज काफ्ले अन्तराष्ट्रिय अवार्ड ट्रीमेन अवार्डबाट सम्मानित भएकाछन्  ।

लेक्स फाउन्डेसनको आयोजनामा  भारतको हरियाणामा सम्पन्न दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा काफ्ले उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

हरित अभियन्ता हेमन्तलाई बिजेपीका बिधान सभा सांसद मोहनलाल बडोलिले सो अवार्ड प्रदान गरेका थिए ।

लामो समय देखि बिरुवा बितरण गर्दै बातावरण संरक्षणको अभियानमा क्रियाशिल काफ्ले हरित अभियन्ताको रुपमा चिरपरिचित छन् ।

  • १ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech