नेपालगन्जमा खुल्यो सरस्वती पोलिक्लिनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा नयाँ डायग्नोष्टिक सेन्टर सन्चालनमा आएको छ।

नेपालगन्ज-१० गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक  सेन्टर प्रा.लि. आजदेखि विधिवत रुपमा सन्चालनमा आएको हो ।

दुई जुझारु स्वास्थ्यकर्मीद्वारा संचालित उक्त सेन्टरको उद्घाटन तीन बालिकाले रिवन काटेर गरेका थिए ।

उक्त पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न विशेषज्ञ सेवासहित अनुभवी चिकित्सकहरुले सेवा प्रदान गर्नेभएका छन् ।

उक्त सेन्टरबाट न्युरो केयर, नेफ्रो केयर, ग्यास्ट्रो केयर, मानसिक स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्वन्धि सेवा, वालराेग, हाडजाेर्नी, फिजिसियन सेवा, मृगाैला रोगको जाँच जस्ता सेवा प्रदान हुने बताईएको छ ।

  • २ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech