दलदलेमा सडक दुर्घटना

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको बस महेन्द्रराजमार्ग अन्तर्गत बुटवल (नारायणगढ खण्डको दल्दलेमा दुर्घटना भएको छ ।

मंगलबार बिहान बस पल्टिँदा ५ यात्रु घाइते भएका छन् । घाइतेको चितवनमा उपचार भईरहेको छ ।

प्रहरी अनुसार ४० यात्रु बोकेको भे १ ख ४१२८ नम्बरको बस आज बिहान ५ बजे देवचुली नगरपालिकाको दलदले बजार नजिक राजमार्गमा पल्टिएको हो ।

केहि दिनअघि मात्र नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको माउन्टेन क्विन बस दाङको भालुबाङमा पुलबाट खस्दा १२ जनाको ज्यान गएको थियो ।

  • २ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech