पञ्चपुरीमा युवक मृत फेला

ललिता विश्वकर्मा ओड

सुर्खेत/ सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन् ।

मृतक युवक शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले घरनजिकैको कुवापानीमा भरतको शव फेला परेको जानकारी दिए ।

‘गयराति १ बजेको समयमा बुढा मृत फेला परेको खबर हामीलाई जानकारी आएको थियो,’ उनले भने, ‘खबर पाउनबित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटना शंकास्पद देखिएकाले जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहान परिचालन गरिएको छ। यस्तै, घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ खटिएका छन् ।

एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर अनुसन्धान थालिरहेको छ ।  प्रहरीका अनुसार युवकको शव घटनास्थलमै रहेको छ ।

  • २ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech