मुगुमा सामुहिक बलात्कार

असल शासन प्रतिनिधि

मुगु/ मुगुमा एक १४ वर्षीया किशोरीलाई ९ जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

जानकारी अनुसार,मुगुको छायाँनाथ रारा नगरपालिका घर भएकी ती किशोरीमाथि नगर प्रहरीका जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेका थिए । ती किशोरी गर्भवती भएपछि बल्ल बलात्कारको विषय सार्वजनिक भएको हो ।

प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुपेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

बलात्कार आरोप लागेका कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की , जिल्ला कृषि विकासका कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया र १४ वर्ष मुनिका तीन जना किशोरलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध बलात्कार कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • २ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech