मुगुमा धर्मगुरु र पुरुषहरुलाई खोप सम्बन्धि अनुशिक्षण

रबिन्द्र बोहरा - अभिलेखिकरण अधिकृत, बास नेपाल

मुगुको छायानाथ रारा नगरपालिका अन्तर्गतका विभिन्न धर्मका धर्मगुरु र पुरुषहरुलाई बालविवाह र खोप सम्बन्धि एक दिने अनुशिक्षण प्रदान गरिएको छ । युनिसेफ नेपालको सयहोगमा बास नेपालद्धारा संचालित सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तगर्त उक्त अनुशिक्षण प्रदान गरिएको हो । पौष २९ र माघ २ गते संचालित अभिमुखिकरणको उद्घाटन सत्रमा छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बास नेपालद्धारा संचालित सामाजिक व्यवहार परिवर्तन कार्यक्रमले बालबालिकाहरुलाई खोपको अधिकार सुनिश्चित गर्दै बाल संरक्षणमा टेवा दिएको बताए । उनले धर्मगुरु तथा समाजका अगुवा वर्गलाई प्रदान गरिने तालिम तथा अभिमुखिकरणले उनिहरुलाई सशक्त बनाउँदै समाजलाई सकारात्मक रुपान्तरणमा सहयोग गर्ने बताउँदै बाल संरक्षण र बाल अधिकार प्रबद्र्धनमा टेवा दिने यस्ता कार्यक्रमहरुको लागि पालिकाले सधैँ सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

अभिमुखिकरणमा बोल्दै बास नेपालका मुगु शाखा अध्यक्ष चिन बहादुर शाहीले बासले विगत १० महिना देखि कर्णालीको ६ वटा पालिकामा संचालित कार्यक्रमले बालबालिकाको जन्मदर्ता र खोपलाई प्रभावकारी बनाउँदै लगेको तथा बाल विवाहलाई न्यूनीकरण गर्दै आएको बताए । उनले आगामी दिनमा पालिकाको सहयोग र सहकार्यको अपेक्षा रहेको बताउँदै अझै बालबालिकाको क्षेत्रमा मुगु जस्ता विकट क्षेत्रमा धेरै काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।
४० जनाको सहभागिता रहेको अभिमुखिकरणको प्रशिक्षण छायानाथ रारा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक कुशल खड्काले प्रदान गरेका थिए । अभिमुखिकरणमा खोप, खोपको महत्व, खोप तालिका, राष्ट्रिय खोप अभियान, बालविवाह, पञ्जिकरण लगाएतका विषयहरु बारे सैद्धान्तिक र प्रयोगात्मक कक्षा मार्फत प्रशिक्षण प्रदान गरिएको थियो ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रको सहजिकरण बास नेपालका सामाजिक परिचालक भिम राज मल्लले गरेका थिए ।

 

  • ३ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech