नेपालगञ्जमा खुल्यो पुस्तक/कफि क्याफे

कुटुम्व क्याफेमा धुम्रपान निषेध  

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्जमा कफि र चियाको चुस्किसँगै पुस्तक पढ्ने पाईने नयाँ क्याफे खुलेको छ । नेपालगञ्जका धम्बोझीमा खुलेकोे क्याफेको नाम हो –कुटुम्ब क्याफे ।

बुधबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको यो क्याफेका परिकल्पनाकार तथा सञ्चालक हुन्– सफल व्यवसायी बासु भण्डारी (बिजय) । बासुले शुरु गरेको यो क्याफे नेपालगञ्जमा पछिल्लो समय खुलेका दर्जनौं क्याफेहरु भन्दा फरक छ ।

यो क्याफेमा कफिको चुस्कीसँगै आफूलाई मन परेको पुस्तक पढ्न पाईन्छ । क्याफेमै पुस्तकहरु उपलब्ध हुन्छन्–सञ्चालक भण्डारीले भने –क्याफेमा नभएका पुस्तकहरु क्याफेसँगै रहेको पुस्तक पसलबाट लगेर पढ्न सकिन्छ ।

अध्ययनशिल बौद्धिक वर्गलाई लक्षित गर्दै बुक क्याफे सञ्चालन गरेको भण्डारीको भनाई रहेको छ । दुई तले भवनमा अगाडी पट्टि माउण्ट एभरेष्ट बुक्स एण्ड स्पोर्टस रहेको छ भने भित्र पट्टि र माथिल्लो तलमा क्याफे रहेको छ ।

क्याफेसँगै माथिल्लो तलामा बैठक, छलफल गर्नका लागि कोठाहरु रहेका छन् । माथिल्लो तलामा बिभिन्न बिषयमा तालिम, छलफलहरु समेत चलाईनेछ । क्याफेको वातावरण पनि राम्रो रहेको छ । क्याफे सञ्चालकले क्याफेलाई धुम्रपान निषेधित बनाएका छन् । सञ्चालक भण्डारी भन्छन्– बालबालिका सहित बौद्धिक बर्गको सुबिधाका लागि क्याफेलाई धुम्रपान निषेधित बनाईएको छ ।

 

 

 

  • ३ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech