छोराको हत्या गर्ने बुवा पक्राउ

ललिता बिश्वकर्मा ओड

सुर्खेत/ पञ्चपुरी नगरपालिका–६, कुवापानी सुर्खेतका १८ वर्षीय भरत बुढाको हत्या गर्ने उनकै बाबु ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् । उनी कैलालीको टिकापुर बाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई बिहीवार विहान साढे दश बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

उनकाअनुसार नयारामलाई मोबाइल लोकेसनका आधारमा पक्राउ गरिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याउन लागिएको छ । घटना घटेको दिन देखिनै सम्बन्धीत नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीमा उनी साडुको घरमा बसिरहेका थिए ।

त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका थिए । मङ्गलवार बिहान १ बजेतिर उनले आफ्नै छोराको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारहरूबाट पुष्टि भएको थियो । अनुसन्धानको क्रममा उनको घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला परेका थिए भने उनकी बहिनीले पनि बुबाले नै हत्या गरेको बताएकी थिइन् ।

साथै असोज तेस्रो सातातिर छोरीलाई बलात्कार गरेको भन्दै उनी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । कार्तिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आएर मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेका थिए ।

बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । आफु विरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुलेनै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । भारतमा रहेका घटना घट्नुको केही दिनअघि मात्रै नेपाल आएका थिए । घटना बाबुले नै घटाएको भन्दै बुधवार मृतकका काकाले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी समेत दर्ता गराएका थिए ।

किशोरीका बुवाले बहुविवाह गरेका छन्। उनीहरू दाजुभाइ जेठीपट्टिका हुन्का । कान्छीबाट भने अहिलेसम्म कुनै पनि सन्तान नभएको स्थानीयले बताएका छन्।

  • ४ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech