दुर्गा प्रसाईंलाई मुक्का प्रहार

असल शासन प्रतिनिधि

बाग्लुङ/ बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

  • ४ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech