बिषादी बिसर्जन प्रमुख उपलब्धी

माधव कार्की

तेज बिक्रम शाह
संस्थापक अध्यक्ष, ईन्प्रोक नेपाल, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०५८ बैशाख ६ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएर वातावरण र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको सँस्था हो वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र ईन्प्रोक नेपाल । भारत तथा अन्य मुलुकहरुबाट बिषादीहरु निर्यात गर्ने त्यसको प्रयोग नभएर म्याद गुज्रिएका बिषादी बाँकेका बिभिन्न स्थानहरुमा भण्डारण गरेर राख्दा वातावरणलाई दुषित बनाउनुका साथै मानव जीवनलाई प्रत्यक्ष असर पारिरहेकाले त्यस्ता म्याद गुज्रिएका बिषदीहरुलाई उचित ठाउँमा बिसर्जन गर्नु पर्ने माग लाई अगाडी सारेर व्यापक अभियान सञ्चालन गरेको ईन्प्रोक नेपालले सफलता प्राप्त गर्यो । भण्डारण गरिएका बिषादी हाम्रो आन्दोलनका कारण बिदेश लगियो । यस संस्थाले बाल अधिकार, बातावरण संरक्षण र सामाजिक सद्भाव लगायतका क्षेत्रमा काम गर्दै आईरहेको छ ।

२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– यस संस्थाले सिसिओ, आई.एल.ओ, नेपाल सरकार, स्थानीय सरकार बास नेपाल लगायतका संघ संस्थाहरु र गैसस महासंघ नेपाल सँग सहकार्य र समन्वय रहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– बालबालिकाहरुको हक हितका साथै सामाजिक सदभावका लागि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा काम गरेका छौं भने वातावरणको क्षेत्रमा देशभरीनै कार्यक्षेत्र बनाएर काम गर्दै आईरहेका छौं ।

४.हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– यस सँस्थाका उल्लेखित कार्यहरु भन्नु पर्दा नेपालगञ्जको मासुमण्डि स्थित सहकारीको गोदाममा रहेका ६ किसिमका नष्ट नहुने बिषादीहरु, खजुराको कपास बिकासमा समितिमा बर्षौदेखी थन्किएर राखेका विशादीहरु, बिरगंज र ललितपुरको गोदाममा थन्किएका बिसादीहरुलाई भारतको कोलकत्ता हुँदै जर्मन लिएर बिर्सजन गर्नै काम भयो, यो हाम्रो आन्दोलनका कारण सम्भव भएको हो । यो हाम्रो ठूलो उपलब्धि हो भने खजुरा स्थित कर्णाली डिस्टिलरीबाट उत्पादन हुने लेदो किरण नालामा बगाएपछि स्थानीयहरुमा संक्रमण फैलिदा हामिले आवाज उठाएपछि त्यस्तो कार्य बन्द भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ लाई बाल मैत्री वडा घोषणा गर्ने काम भएको छ । यीनै कार्यहरु हाम्रा उल्लेखनिय कार्यहरु हुन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– संस्था सञ्चालनको लागि आर्थिकको चुनौती हुने गरेको छ । दातृसंस्थाहरुले गैरसरकारी संस्थालाई पारदर्शी हुनुपर्ने भन्ने तर आफुले पारदर्शी नहुँदा काम गर्न चुनौती देखीनुका साथै राजनितीको खिचातानीले स्थानीय सरकारबाट बेला बेला असहयोग हुने गरेकाले पनि समुदाय स्तरमा काम गर्न चुनौती रहेको छ ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– बाँके जिल्लाका प्रत्येक वडालाई बाल मैत्री वडा घोषणा गर्नमा सहजिकरण गर्ने, सामाजीक सदभाव प्रबर्धनमा सहयोग गर्ने, बालबालिकाहरुलाई लागु औषध दुब्र्यशसनीमा फस्न नदिनको लागि बालबालिकाहरुलाई रचनात्मक क्रियाकलापमा सहभागि गराउने लगायतका कार्यक्रमहरु हाम्रो योजनाको रुपमा रहेका छन् ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– एउटा आमालाई जति आफ्नो बच्चा हुर्काउन कठिन हुन्छ त्यो भन्दा कठिन संस्थालाई हुर्काउन, जिवित राख्न कठिन भएको महशुस गरेको छु । तर पनि संस्थालाई दिगो बनाउँदै अघि बढिरहेका छौं । हामीसँग सहकार्य गर्नै सबैमा धन्यवाद ज्ञापन गर्दछौं ।

  • ५ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech