६ प्रश्नमा सन्तोष खड्का

माधव कार्की

सन्तोष खड्का
प्रमुख प्रशासकिय अधिकृत, ठुलीभेरी नगरपालिका, डोल्पा

१. तपाईको जीवन को आदर्श के हो ?
– जसरी लि क्वान यु ले एउटा गरिब बस्तीलाई संसारकै बिकसित मुलुक सिङ्गापुर देश बनाए त्यसरी नै उनकै आदर्शलाई आत्मसाथ गर्दै अगाडी बढ्नु नै मेरो जीवनको आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– मेरो आमा बुवाका साथै बिशेष गरी मेरा सहपाठी मित्रहरु अथवा मलाई सधै सत्मार्गको बाटोमा हिड्न अभिप्रेरित गर्ने साथीहरुको प्रेरसणाले गर्दा नै म यो स्थान सम्म आईपुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आफु राष्ट्रसेवक कर्मचारी भएकाले पनि अलि धेरै समय समाज र नागरिकका समस्या समाधान तर्फ लागि परेको छु भने ब्यवसाय स्थापना गरेर प्रत्यक्ष रुपमा २० भन्दा बढिलाई रोजगारी दिएको छु ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षन के हो ?
– १९९६ मा धरानमा आयोजना भएको राष्ट्रिय स्तरको खुल्ला युवा बतृत्वकला प्रतियोगितामा एक हजार आठ जना सहभागीहरु मध्येबाट प्रथम हुँदाको क्षण मेरा लागि अबिश्मरणिय रहेको छ ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– देशमा फितलो भएको शासन प्रणाली लाई ब्यवस्थित गराउँदै देशमा सुशासनको प्रत्याभुत गराउनु नै असल शासन हो ।

६.समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– आफु सरकारी कर्मचारी रहँदा नागरिक हरुको समस्या प्रति सँधै उत्तरदायी हुने र त्यसपछिको जिवनमा पनि समाज सेवा गर्ने मेरो प्रतिबद्धता रहेका छ ।

  • ५ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech