रेष्टुरेन्टमा भारतीय नागरिकसँग युवती पक्राउ

असल शासन प्रतिनिधि

सुनसरी/ सुनसरीको धरान उपमहानगरपालिका–१ स्थायी ठेगाना भई कञ्चनपुरको बेलौरीस्थित रेस्टुरेन्टमा काम गर्ने २४ वर्षीया युवती भारतीय नागरिकसँगै रङ्गेहात पक्राउ परेकी छन् ।

प्रहरीले बेलौरी नगरपालिका–६ गुगल रेस्टुरेन्टमा कामदार युवती र भारतीय नागरिकलाई अनैतिक अवस्थामा देखेपछि सञ्चालक स्थानीय महिलासहित तीनै जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले २ महिला र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको छ ।

अनैतिक अवस्था २ जना फेला पारेपछि सञ्चालिकासहित ३ जनालाई पक्राउ गरी थुनामा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद बजगाईले जानकारी दिए ।

  • ६ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech