राजेश पायलले हाने राजेशलाई किक

असल शासन प्रतिनिधि

काठमाडौं/ गायक राजेश पायल राई चर्चित गायक हुन् । ‘राई ईज किंग’ भनेर चिनिने तीनै चर्चित गायक राईका अनेक काण्ड आइरहन्छन् । कहिले स्टेजमै आफैँ कुटाइ खान्छन् । कहिले अरुलाई कुट्छन् ।

पछिल्लो समय उनले राईले स्टेजमै एक व्यक्तिलाई ‘ब्याक किक’ दिएको भिडिओ भाइरल छ ।

घटना भने २ वर्ष पुरानो रहेको खुलेको छ । ‘किक’ खाने युवा राजेश दर्नाल रहेका छन् । दर्नालले आफ्नो फेसबुकमा लेख्दै घटना २ वर्ष पुरानो भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘‘आयोजकले समय सकिएको जानकारी गराएका थिए । त्यो उहाँलाई जानकारी गराउन भन्नको लागि पछाडिबाट कानमा सुटुक्क भन्दै थिएँ । उहाँले किक हान्नुभयो । त्यसपछि म हिँडे । उहाँले एकदुईवटा गीत गाउनुभयो ।’’

  • ६ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech