सामुदायिक मेलमिलाप कर्ता समाज, नेपालको अध्यक्षमा शिव

असल शासन प्रतिनिधि

नेपालगन्ज /सामुदायिक मेलमिलाप कर्ता समाज, नेपाल – बाँकेको ५औा साधारण सभा तथा अभिबेशन शनिबार सम्पन्न भएको छ ।

विवादको साटो, मेलमिलापको बाटो भन्ने मुल नाराका साथ सम्पन्न भएको साधारण सभामा बोल्दै कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लम्बिनी प्रदेश सभा सदस्य मनिा शिद्धिकीले मेलमिलाप समाजको पहलमा हुने दुइटै पक्षको बिच सहजीकरण र मध्यस्थकर्ताको भुमिका खेलेको बताइन् । मेलमिलाप कर्ताले समुदायमा हुने कुनै दुइ पक्ष बिचको बिबाद समाधानका लागि गरिने मेलमिला कार्य प्रशंसनिय भएको बताउदै अदालत सम्म धाउनुपर्ने र ठुलो धनरासी खर्च गर्नुपर्ने समस्याको समाधान भएको जब प्रमुख अतिथि शिद्धिकीको भनाइ थियो ।

समाजकी अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य मन भणडारीले समुदाय स्तरमै दुइटै पक्षको जित हुने गरी मेलमिलापका माध्यामबाट मेलमिलाप कर्ताले गर्ने कामले पिपन्न वर्गका ब्यक्तिहरुले न्याय पाएको बताए । कार्यक्रममा अधिबत्ता हिम बहादुर डि.सी., सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल का केन्द्रीय सदस्य कर्ण बहादुर थापा लगायतले शुभकामना दिएका थिए । सामुदायिक मेलमिलाप कर्ता समाज बाँकेका संयोजक शिव कुमार वर्माले सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सुर्यलाल यादवले स्वागत गरेका थिए भने सचिब सुमित्रा भण्डारीले प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

समाजको अधिबेशनबाट शिव कुमार वर्माको अध्यक्षतामा ११ सदसिय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा सुर्यलाल यादव, सचिबमा सुमित्रा भण्डारी, कोषाध्यक्षमा आइला बोहरा, निर्बिरोध चयन भएका छन् भने सदस्यहरुमा क्रमश ः रामु चिडिमार, हिम बहादुर डि.सी., सफिक दर्जी, रेवती शाही, सुनिता मौर्य, अस्मिता शाह महतरा, तुलसी राम शुक्ला चयन भएका छन् । त्सैगरी केन्द्रीय प्रतिनिधिमा शिब कुमार वर्मा, सुर्यलाल यादव, जयराम यादव, लाल कुमारी डाँगी, सुनिता र्मार्य, शिला चौधरी र जिरा चन्द छनौट भएका छन् ।

  • ६ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech