पेण्डुवाले गरे श्रीमतीको हत्या

असल शासन प्रतिनिधि

दाङ/ दाङको तुलसीपुर हलवारमा आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ ।

तुलसीपुर-४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले आफ्नै ४२ बर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, गएराति सवा १० बजेतिर मादक पदार्थ सेवन गरेर मातेका पेण्डुवाले घरभित्रै श्रीमती लक्ष्मीलाई रडले टाउकोमा प्रहार गर्दा घटनास्थलमै उनको निधन भएको हो ।

श्रीमतीको हत्या गरेको आरोपमा तुलसीपुर प्रहरीले पेण्डुवालाई पक्राउ गरेको छ ।

आरोपी पेण्डुवाले श्रीमतीको हत्या गरिसकेपछि श्रीमती हराएको भन्दै छिमेकीलाई खोजी गरिदिन आग्रह गरेको प्रहरीले बताएको छ ।

आग्रहपछि सहयोगका लागि उनकी श्रीमती खोजी गर्न पुगेका दुई छिमेकीलाई पनि रड प्रहार गरी घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।

घाइते छिमेकीहरु मध्ये एक युवा र महिला उपचारपछि घर फर्किएका छन् ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech