कैलालीको जानकीमा भेटियो मृत बाघ

असल शासन प्रतिनिधि

कैलाली/ कैलालीको जानकी गाउँपालिका वडा न ९ मा रहेको अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

तारले बेरिएको अवस्थामा वयष्क पोथि पाटे बाघ मृत भेटिएको सब डिभिजन वन कार्यलय लम्किले जनाएको छ ।

फरेष्टर राम बहादुर रावलले दिएको जानकारी अनुसार, मृत बाघबाट दुर्घन्ध आईरहेको छ बाघको केहि दिन अगाडि नै मृत्यु भईसकेको थियो ।

बाघ पासोमा परेको हुन सक्ने बताईएको छ । स्याउला लिन जंगलमा पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत बाघ डिभिजन बन कार्यलय पहलमानपुर ल्याईएको सव डिभिजन वन कार्यलय लम्कीले जनाएको छ ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech