र्ईन्द्रपुरको मुम्ता बस्तीमा न्यानो कपडा बितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज / जानकी गाउँपालिका वडा नम्बर ३ ईन्द्रपुरको मुम्ता बस्तीमा बास नेपालले न्यानो कपडा बितरण गरेको छ ।

हुनेले दिउँ,नहुनेले लिउँ भन्ने उद्धेश्यले बास नेपालले ४ बष{ अघि देखी नेपालगञ्जको गणेशमान चौकमा कपडा बैंक सञ्चालन गर्दै आएको भएता पनि बास नेपालले चिसोले प्रभाबित समुदायमै पुगेर न्यानो कपडा बितरण गर्दै आईरहेको र सोही क्रममा आज उक्त गाउँमा न्यानो कपडा बितरण गरेका हो ।

यस अघि नेपालगञ्ज उपमहानगरपालिकाको २० मनिकापुरमा न्यानो कपडा बितरण गरीसकेको बास नेपालले आज ईन्द्रपुरको मुम्ता बस्तीका एक सय पन्ध्र घर धुरीलाई न्यानो कपडा बितरण गरेको छ भने न्यानो कपडा मा ज्याकेट, कोट, पाईन्ट, महिलाहरुको लागि सुईटर बालबालिकाहरुको लागि न्यानो कपडा बितरण गरिएको हो ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट, पुर्ब अध्यक्ष मन भण्डारी, कार्यक्रम संयोजक शोभा थापामगरको उपस्थितिमा न्यानो कपडा बितरण गरिएको थियो ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech