दाङमा बस दुर्घटना, दुईको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दाङमा बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बर्दियाबाट काठमाडौँ जाँदै  गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस लमही नगरपालिकाको वडा नम्बर ९ रिहारमा दुर्घटना भएको थियो ।

दाङ  प्रहरीका अनुसार बस सवार ४७ जना यात्रु मध्ये  गेरुवा गाउँपालिका-१ गेरुवाका  ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ।  बसमा सवार अन्य यात्रु घाइते नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी दाङले दिएको जानकारी अनुसार बसको पट्टा भाँचिएर दुर्घटना हुँदा क्याबिनमा बसेका दुई जना अगाडि हुत्तिएर च्यापिएर घटनास्थलमै मृत्यु भएको हो

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech