६ प्रश्नमा प्रेम बहादुर डि.सी.

माधव कार्की

प्रेम बहादुर डि.सी.
प्रमुख प्रशासकिय अधिकृत, डुङ्गेश्वर गाउँपालिका दैलेख

१. तपाईको जीवन को आदर्श के हो ?
– निरन्तर मेहनत मेरो जीवनको आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो?
– बिशेष गरि मेरो आमा र मेरा गुरुहरुको प्रेरणाले गर्दा म यहाँ सम्म आईपुगेको हुँ ।

३.तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आफू सरकारी कर्मचारी भएकाले देश र जनताको सेवामा काम गरिरहेको छु ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो ?
– जतिबेला म बेरोजगार थिए र घरमा भाई बहिनीहरुलाई हेर्नू पर्ने जिम्मेवारी आफू सङै भएकाले आर्थिक जोहो गर्न बिरेन्द्रनगर स्थित एडभान्स ईङलीस बोर्डिङ स्कुलमा पढाउन शुरु गरेको दिन म एक दमै खुशी भएको थिए त्यो नै मेरो जीवन को अबिश्मरणिय क्षण हो ।

५.तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– राज्यले आफ्नो दायीत्व, जिम्मेवारी बोध गरि नागरिकका आबश्यक्ता परिपुर्ती गर्ने शासन नै असल शासन हो ।

६.समजका लागि तपाईको प्रतिबद्धता के छ ?
– रास्ट्र सेवानै मेरो मुख्य सेवाहो मेरो बुद्धि र बिबेकले भ्याए सम्म समाजको सेवा गर्नु नै समाजका लागि मेरो प्रतिबद्धता छ ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech