६ प्रश्नमा किशोर डङ्गोल

माधव कार्की

किशोर डङ्गोल
कलाकार

१. तपाईको जीवनको आर्दश के हो ?
– सधैं समाज प्रति सकारात्मक भएर आफुले सिकेको कुरालाई बाँड्नेका साथै अरुलाई कसरी खुशी बनाउन सकिन्छ भनेर लाग्नु नै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– आफ्नो घर प्रज्ञा प्रतिष्ठान नजिकै हुनाले त्यहाँ नाटकहरु मञ्चन भईरहेको बाल्यकालमा देखेकाले मेरो मनमा पनि नाटक क्षेत्रमै लाग्ने रुचि बढेपछि म यहाँसम्म आईपुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– समाजमा भएका बिकृती बिसंगतिलाई कला र नाट्य क्षेत्रको माध्यमबाट बाहिर ल्याउने र समाजमा भएका युवाहरुमा भएको प्रतिभालाई बाहिर ल्याउने काम गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– म सानो हुँदा बुवाले टोल समाजमा केही कसैलाई समस्या पर्दा सुटुक्क आफ्नो घरमा आएर मलाई त्यो घरमा गएर सहयोग गरेर आईजा भन्नु हुन्थ्यो त्यही कुरा मेरो लागि अबिश्मरणिय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– राज्यको शासन पद्धतिबाट हरेक नागरिकहरु खुशी र आत्म सन्तुष्टि हुनु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– अहिलेकै काम लाई निरन्तरता दिई विभिन्न ठाउँमा गएर युवाहरुको माध्यमबाट समाजमा भएका कुरितीहरुलाई नाट्य शैलीमा ढालेर जनचेतनामुलक नाटक देखाई सचेतना फैलाउने मेरो प्रतिबद्धता रहेको छ ।

 

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech